हेटौँडाः हेटौँडा–१६ हटियामा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो १ बजेको समयमा हेटौँडा–१६, हटियास्थित कभर्डहल छेउमा ११ केभी पिन इन्सुलेटर भाँचिएर नजिकै फलामको पोलमा सर्ट भई पोल नजिकै जमेको पानीमा विद्युत प्रवाह भइरहेका पोल नजिकैबाट हिँडिरहेका दुई बालिकालाई करेन्ट लागेको प्रहरीको भनाइ छ ।
मृत्यु हुनेमा बारा जिल्लाको निजगढ नगरपालिका–१ की ९ वर्षीया बालिका र हेटौँडा–१६ की ७ वर्षीया बालिका रहेको प्रहरीको भनाई छ । करेन्ट लागेर अचेत भएका दुबै बालिकालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा उपचारको क्रममा डाक्टरले मृत्य घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।