सांकेतिक तस्वीर ।

हेटौँडाः सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुपिण्डेका ५० वर्षीय ढालबहादुर नेपालले शुक्रबार साँझ आफ्नै घरमा आगो लगाएका छन् ।

नेपालले आफ्नै घरमा पेट्रोल छर्केर आगो लगाउँदा ४९ वर्षीया श्रीमति मिन कुमारी नेपाल र २० वर्षीय छोरा भुपेन्द्र नेपाल घाईते भएका छन् । आगलागीमा परी घाइते मिनकुमारी र भुपेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल चौतारामा लगिएको थियो । सामान्य घाइते भएका मिनकुमारी र भुपेन्द्र शुक्रबार राती साढे ११ बजेको समयमा डिस्चार्ज भएका छन् । प्रहरीले ढालबहादुरलाई नियन्त्रणमा लिएको छ ।