दुर्घटनाग्रस्त बस ।

हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ४ गोल्पिङबेसीमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर दुर्घटना हुँदा ३५ जना घाइते भएका हुन् ।

गम्भीर घाइते ६ जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बसमा सवार २९ जनाको अवस्था सामान्य रहेको र थप विवरण आउन बाँकी रहेको छ । बुधबार साँझ ७ बजेको समयमा भिमफेदी–४ गोल्पिङबेसीमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस एक आपसमा ठोक्किएका थिए । आपसमा ठोक्किएर पुनः हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी समेत ठोकिन पुगेको थियो । कारसँग ठोक्किएर बस सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

ठोक्किएका दुई ट्याक्सी ।