हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले बाढीपहिरो प्रभावित मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको पुनर्निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आइतबार उपमहानगरपालिकाको ५४ औं कार्यपालिका बैठकले बाढी, पहिरोबाट प्रभावित पालिकाको सडक पूर्वाधार पुनर्निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

यस्तै सिस्नेरीमा पहिरोमा परी निधन भएका एन्फा एकेडेमीका किशोर खेलाडी हेटौँडा–१२ का अनुपम घलानको परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबारको कार्यपालिका बैठकले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को कार्यालय भवन उपमहानगरपालिका परिसरमै निर्माण गर्ने निर्णय गरेको छ ।

कार्यपालिका बैठकका निणर्यहरु ।