हेटौँडाः हेटौँडा–१६, हटियास्थित शिवम् सिमेन्ट उद्योगमा करेन्ट लागेर एकजना पुरुष घाइते भएका छन् । घाइते हुनेमा बागमती गाउँपालिका–८, फापरबारीका ३५ वर्षीय लाल बहादुर राउत रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार शिवम् सिमेन्ट फ्याक्ट्रीमा क्रसरको बेसप्लेट वल्डिङ गर्ने क्रममा राउत अचानक करेन्ट लागी घाइते भएका छन् । राउतको स्वास्थ्य अवस्था मध्यम रहेको र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।