विद्यार्थी सम्मानपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका १८ नम्बर वडाका विद्यार्थी सम्मानित भएका छन् । वडाले एसईईमा ३.२ जीपीए भन्दा बढी अंकसहित उत्तीर्ण हुने २० जना विद्यार्थीलाई सम्मान गरेको हो । बिहिबार वडा बाल सञ्जालकी अध्यक्ष राधा विश्वकर्माको अध्यक्षता तथा वडाअध्यक्ष अनिलकुमार बानियाँको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो ।

३.६ जीपीए भन्दा बढी अंक हासिल गर्ने मकवानपुर बालविद्या सदनका विद्यार्थी आस्था बोहरा, सौरब बिडारी र रुपक घिमिरेलाई नगद दुई हजार पाँच सय नगदसहित सम्मान गरेको हो । यस्तै ३.२ जीपीएभन्दा बढी अंकसहित उत्तीर्ण हुन सफल मकवानपुर बालविद्या सदनका १३ जना विद्यार्थी र ज्योति माध्यमिक विद्यालयका ४ जना विद्यार्थीलाई जनही दुई हजार रुपैयाँसहित सम्मान गरेको हो ।

विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडाअध्यक्ष अनिलकुमार बानियाँले १८ नम्बर वडा शिक्षामा अघि बढ्दै गएको बताउनुभयो । वडाअध्यक्ष बानियाँले संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थी बीच समन्वय र सहकार्यमा जोड दिँदै समान नजरले हेर्ने अभ्यास गरिएको उल्लेख गर्नुभयो । भदौ २९ गते बालदिवसको अवसरमा आयोजित वडास्तरीय नृत्य प्रतियोगितामा प्रथम हुने बालबालिकाहरुलाई जनही एक हजारका दरले नगदसहित सम्मान गरेको छ ।