लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका किरण सुनार ।

हेटौँडाः मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।

बिहिबार राती साढे १० बजेको समयमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–९ स्थित एक होटलबाट हेटौँडा–१४ घर भई हाल हेटौँडा–१०, न्यूरेनीमा डेरा गरी बस्ने २७ वर्षीय किरण सुनारलाई लागुऔषध खैरो हिरोइन ३ ग्राम, ५६० मिलिग्रामसहित पक्राउ गरेको हो । लागुऔषधसहित किरण सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।