![oathtaking](https://samriddhasamaj.com/wp-content/uploads/2024/10/oathtaking-696x522.jpg)
हेटौँडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा भिमसागर गुरागाई र संयोजकमा चिरञ्जीवी चुडाल नियुक्त हुनुभएको छ । शुक्रबार उपकुलपतिमा प्रा. डा. प्रदीप ज्ञवालीले रजिस्टारमा गुरागाई र संयोजकमा चुडाललाई नियुक्त गर्नुभएको हो । उपकुलपति प्रा. डा. ज्ञवालीले रजिस्ट्रार गुरागाई र संयोजक चुडाललाई शुक्रबार नै सपथ गराउनुभएको छ ।
नेपाली काँग्रेसको कोटामा रजिस्ट्रार नियुक्त हुनुभएका गुरागाई हेटौँडाकै स्थायीवासी हुनुहुन्छ भने नेकपा एमालेको कोटामा संयोजक नियुक्त हुनुभएका चुडाल मोरङबाट हालै हेटौँडा बसाई सर्नुभएको छ । गुरागाई जनस्वास्थ्य कार्यालय रसुवाको प्रमुख हुनुहुन्थ्यो भने चुडाल दोस्रो कार्यकालका लागि संयोजक नियुक्त हुनुभएको हो । दुबैजनाको कार्यकाल ४ वर्षको हुनेछ । रजिस्ट्रार र संयोजकको सपथ ग्रहण समारोहमा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी र स्वास्थ्य मन्त्री किरण थापाको पनि उपस्थिति रहेको थियो ।
यसअघि प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रदीप ज्ञवालीले शुक्रबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाबाट सपथ ग्रहण गर्नुभएको थियो । सपथग्रहण समारोहलगत्तै उपकुलपति प्रा.डा. ज्ञवालीले पदभार ग्रहण गर्नुभएको थियो । पदभार ग्रहण कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पनि उपस्थिति रहेको थियो ।