हेटौँडाः बागमती प्रदेश सरकारले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभाको चालु १४ औं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेशसभा अधिवेशन अन्त्यका लागि प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभएको छ । बैठकले असोज १६ गते बुधबार रातको १२ बजेबाट अधिवेशन अन्त्य हुने गरी सिफारिस गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताउनुभयो । मन्त्री लामिछानेले २०८१ बैशाख ३१ गतेबाट सुरु भएको वर्षे अधिवेशन संविधानको धारा १८३ को उपधारा २ बमोजिम अन्त्यका लागि सिफारिस गरेको बताउनुभएको छ ।