हेटौंडाः अविरल वर्षाका कारण मकवानपुर र सिन्धुली जोड्ने मदनभण्डारी लोकमार्ग (धरान/चतरा) सडकखण्ड अवरुद्ध भएको छ । शनिबार बिहान ११ बजेर ५० मिनेटको समयमा बागमती नदीले बागमती गाउँपालिका–४, पाँचपाण्डवस्थित पक्की पुलको साइडको भाग बगाएसँगै सडकखण्ड अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नदीले मकवानपुरतर्फको सडकको साइडमा बगाउँदा सडकखण्ड अवरुद्ध भएको हो । बाढीले सडक बगाउँदा बागमतीबाट हरिहरपुर गढी गाउँपालिका हुँदै सिन्धुली बजार जाने सडकखण्ड ठप्प भएको छ । बाढीले मकवानपुरतर्फबाट खेत तथा टहराहरु डुबानमा परेको र मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।