हेटौँडाः बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई पितृशोक परेको छ । मन्त्री महर्जनका पिता हरीकृष्ण महर्जनको उपचारको क्रममा शुक्रबार निधन भएको हो । दम, मधुमेह रोगबाट ग्रसित हरिकृष्णको उपचारको क्रममा सुमेरु आस्पतालमा निधन भएको हो ।
शुक्रबार साँझ उपचारमा संलग्न डाक्टरले हरिकृष्णलाई मृत घोषणा गरेका हुन् । ८१ वर्षीय हरिकृष्णको गत बुधबारदेखि नै अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको थियो । हरिकृष्णलाई निमोनिया संक्रमण भएपछि थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो । हरिकृष्णको निमोनियाना कारण फोक्सोमा पानी जमेको थियो ।











