हेटौँडाः कवि यश लामाको पहिलो कविता कृति ‘बहिष्कृत आवाज’ शनिबार हेटौँडामा सार्वजनिक भएको छ । लामाले १० वर्षको अवधिमा लेख्नुभएका ४५ वटा कवितालाई ६ खण्डमा विभाजन गरी प्रस्तुत गरिएको छ । शिक्षण पेशामा आवद्ध लामाले बहिष्करणमा परेका, पारिएका वर्गको आवाज बोल्ने प्रयास गरिएको बताउनुभएको छ ।
काठमाडौंको सांग्रीला बुक्सले बजारमा ल्याएको कविता कृति ‘बहिष्कृत आवाज’ माथि मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले टिप्पणी गर्नुभएको छ । लामाको कृति विमोचन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिकर्मी, साहित्यकारको उपस्थिति रहेको थियो ।