हेटौंडाः हेटौंडा–८, कमानेमा जारी प्रथम संस्करणको वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार क्वार्टरफाइनल चरणको ३ खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको चौरमा भएको क्वार्टरफाइनल खेलमा वडा–२, वडा–९ ए र आयोजक विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । वडा–२ ले वडा–१० लाई ५ विकेटले, वडा–९ ए ले वडा–१९ लाई २ विकेटले र आयोजकले वडा–११ लाई १ सय ८ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको वडा–१० ले १९ ओभरमा सबै विकेटको क्षतिमा ९४ रन बनाएको थियो । नितेश बज्राचार्यले सर्वाधिक ३९ रन बनाउन सफल भएका थिए । बलिङतर्फ वडा–२ बाट प्रसिद्ध तिमल्सिनाले सर्वाधिक ५ विकेट र कुन्दन कंशाकारले २ विकेट लिएका थिए ।

वडा–१० ले दिएको ९४ रनको लक्ष्य पच्छ्याएको वडा–२ ले १४ ओभर २ बलमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । सुरज कंशाकारले सर्वाधिक ५१ रनको योगदान दिएका थिए । अंकुश शाहले १६ रन जोडेका थिए । कुन्दन कंशाकारले १४ रन बनाएका थिए । बलिङतर्फ नितेश बज्राचार्य र उत्सव श्रेष्ठले समान २÷२ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सुरज कंशाकार घोषित भएका छन् ।

बिहीबारै भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वडा–१९ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर वडा–९ लाई २ सय ७ रनको लक्ष्य दिएको थियो । वडा–९ बाट पृथ्वी परियारले सर्वाधिक ७२ रन जोडेका थिए । सुमन सुनारले ६८ रनको योगदान दिएका थिए । राजेन्द्र तितुङले ३० रन र विशेष विक्रम थापाले १४ रन बनाएका थिए । दीपक सुनारले ११ रन जोडेका थिए । बलिङतर्फ वडा–९ बाट विकेश तिवारीले सर्वाधिक ३ विकेट लिएका थिए । रवीन गुरुङले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको वडा–९ ‘ए’ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा वडा–१९ ले दिएको २ सय ७ रनको लक्ष्यलार्ई भेट्टाएको थियो । वडा–९ का युवीन बुढाथोकीले सर्वाधिक १ सय १७ रन बनाउन सफल भएका थिए । कुशल केसीले २४ रन, विकेश तिवारीले २० रन, सुमन श्रेष्ठले १२ रन र रवीन गुरुङले १० रन बनाएका थिए । बलिङतर्फ विशेष विक्रम थापाले सर्वाधिक ३ विकेट लिएका थिए । सुनिल दियाली र सुमन सुनारले २÷२ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच विजेता टिमको युविन बुढाथोकी घोषित भएका छन् ।

यस्तै, बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा टस हारेर ब्याटिङ गरेको आयोजकले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर वडा–११ लाई २ सय १८ रनको लक्ष्य दिएको थियो । विष्णु राउतले ६२ रन, सागर मगरले ४५ रन र विजय घलानले ४५ रन बनाएका थिए । यस्तै, समीर चौलागाईंले ४० रन र रमेश उपाध्यायले २० रन बनाएका थिए ।

२ सय १८ रनको लक्ष्य पच्छ्याएको वडा–११ ले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ८ रनमा अल आउट भयो । भुषण बानियाँले सर्वाधिक ४० रन बनाउन सफल भएका थिए । असिम श्रेष्ठले २३ रन र नवीन शर्माले २२ रन बनाएका थिए । बलिङतर्फ प्रेम क्षेत्री, समीर थापा र विजय घलानले समान ३÷३ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच विजय घलान घोषित भएका छन् ।

नेकपा एमाले ८ नम्बर वडा कमिटीको सहयोग तथा नेपाल खेलकुद महासंंघ वडा कमिटीको आयोजनामा प्रतियोगिता भएको हो धर्मराज पुडासैनीको संयोजकत्वमा भएको प्रतियोगितामा १९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।