हेटौंडाः मनसुन सक्रिय भए सँगै बाढी र पहिरोका कारण हेटौंडाको तरकारी बजार प्रभावित भएको छ । किसानले उत्पादन गरेका तरकारी बजार सम्म ल्याउन सहज छैन । भारी वर्षासँगै बाढी र पहिरोका कारण ग्रामीण सडकमा क्षति पुगेको छ । यस्तै उच्च तापक्रमका कारण तरकारी छिट्टै बिग्रने हुनाले समस्या भएको व्यवसायीको भनाइ छ ।

हेटौंडास्थित थोक तरकारी बजारमा अहिले मकवानपुर जिल्लाकै थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाबाट तरकारी आउने गरेको छ । थाहा नगरको काउली प्रतिकेजी ४० देखि ५० रुपैयाँमा कारोबार भइरहेको छ भने बन्दा प्रतिकेजी १० रुपैयाँमा कारोबार भइरहेको छ । हेटौंडाको थोक तरकारी बजारका व्यवसायी शान्ति कुमारी पाठकले जानकारी दिनु भयो । मनहरी गाउँपालिकाको हाँडीखोलामा उत्पादन भएको करेला, भिन्डी, बोडी, घिरौंला किसानले हेटौंडा बजारमा ल्याउने गरेको छ ।