म्यान अफ द म्याचको ट्रफी ग्रहण गर्दै भुवन कामी । फाइल तस्वीर ।

हेटौँडाः मकवानपुरका भुवन कामी १७ वर्ष उमेर समूहको राष्ट्रिय फुटबल टिममा परेका छन् । प्रशिक्षक सनोज श्रेष्ठले सोमबार सार्वजनिक गर्नुभएको २३ सदस्यीय अन्तिम सूचिमा रक्षापंक्तिका भुवन पनि राष्ट्रिय टिममा परेका हुन् ।

आगामी असोज ४ गतेदेखि १४ गतेसम्म भुटानमा हुने दक्षिण एसियाली प्रतियोगितामा सहभागी हुन अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिम तयार पारेको हो । मकवानपुरका भुवन एन्फा एकेडेमीका उत्पादन हुन् । भुवन त्रिभुवन आर्मी फुटबल क्लबमा व्यावसायिक फुटबल खेलिरहेका छन् ।