धेरै डराउँछु म लाग्दाखेरी हावा
मलाई अघि बढाउने व्यक्ति हुन मेरो बाबा
धेरै जसो उहाँ काममै व्यस्त हुनुहुन्छ
तर खाली समयमा राम्रो कुरा सिकाउनुहुन्छ

बानी धेरै छन् उहाँको मन पर्ने
उनी अमर व्यक्ति हुन् कहिले नमर्ने
केही नआउँदा मलाई त्यो सिकाउनुहुन्छ
मेरो चित्त दुख्दा आफ्नो मानी चित्त दुखाउनुहुन्छ

खुशी मलाई दिएर दुःख लिनुहुन्छ
मलाई ठूलो मान्छे बनाउन दिनरात खटिनुहुन्छ
म आफू हाँस्दा उहाँ पनि हाँस्दिनु हुन्छ
म आफू रुँदा उहाँ पनि रोइदिनु हुन्छ

सक्छु होला झर्किन तर सक्दिन अंगालो मार्न
हजुरजस्तो मानिस कोही छैन यो संसारमा
हजुरलाई खुशी देख्न पाउँ त्यही हो चाहना
आजको यस औंसीको हजुरलाई धेरै धेरै शुभकामन


कक्षा–६, बालजागृति इंग्लिस सेकेन्डरी स्कूल, हेटौँडा–२