नयाँ समिति चयनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हिमालयन राइडर्स सोसाइटीको अध्यक्षमा राजु थापा मगर चयन हुनुभएको छ । शनिबार हेटौँडा भएको दोस्रो साधारण सभाबाट मगर अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । मगरको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सोसाइटीको उपाध्यक्षमा बुद्धराम श्रेष्ठ र जीतेन्द्र महतो चयन हुनुभएको छ । महासचिवमा इश्वर पाण्डे, सचिवमा दामोदर प्रसाद ढुंगाना र कोषाध्यक्षमा लक्ष्मीचरण श्रेष्ठ चयन हुनुभएको छ ।

यस्तै सदस्यमा नवराज नेपाल, विश्वास सापकोटा, अशोक जोशी, धर्मराज पाण्डे, दुर्गा प्रसाद लामिछाने, सीता श्रेष्ठ र आशिष थापा मगर चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको हुनेछ । सोसाइटीका अध्यक्ष थापा मगरको सभाध्यक्षमा मकवानपुर उद्योग वाणिजय संघका कोषाध्यक्ष सन्तोष अर्यालको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो ।

सोसाइटी अध्यक्ष मगरले विद्यालयस्तरबाट नै विद्यार्थीलाई साइकलको महत्वको बारेमा बुझाउन आवश्यक रहेको बताउनुभयो । स्वाथ्यका लागि साइकल भन्ने नारालाई सार्थक बनाएर सोसाइटीले विभिन्न प्रतियोगिताहरुको आयोजना गरेको उहाँले बताउनुभयो । वातारणको संरक्षण एवम् स्वच्छ वातावरण निर्माणका लागि पनि हरेक कामका लागि मोटरबाइक गाडीहरुको प्रयोग नगरेर सामान्यतया साइकलको प्रयोग गर्न सकिने उहाँको धारणा छ । साइकल चलाउँदा हुने फाइदाको बारेमा बुझाउनका लागि सोसाइटीले साइकल र्याली लगायतका कार्यक्रमको आयोजना गरेको उहाँले प्रष्ट पार्नुभयो । कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको विशिष्ट आतिथ्य रहेको थियो ।