हेटौँडाः मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनि गैरीजंगामा एक जना युवतीको शव फेला परेको छ । मृत फेला पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ घर भई हाल काठमाण्डौ महानगरपालिका बालकुमारी डेरा गरी बस्ने १९ वर्षीय अंजली शर्मा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शर्माको आइतबार काठमाडौँको बालकुमारीबाट बेपत्ता भएकोमा बुधबार दिउँसो बागमती नदी किनारमा मृत फेला परेकी थिईन । शव फेला परेको इलाका प्रहरी कार्यालय फापर बारीमा जानकारी प्राप्त भएपछि गएको प्रहरी टोलीले बागमती नदी किनारामा सडेगलेको अवस्थामा फेला परेको थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि पाटन अस्पतालका लगिएको प्रहरीले जानकारी दिएको छ ।