हेटौंडाः हेटौंडामा सोमबार सञ्चार कानुनसम्बन्धी अन्तरवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।
अन्तरसंवादमा बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयका प्रमुख रेवती सापकोटा र नेपाल पत्रकार महासंघ मकवानपुरका सल्लाहकार बालकृष्ण अधिकारीले प्रस्तुति राख्नुभएको थियो ।

महासंघ मकवापनुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तीर्थराज चिलुवाल, महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीलगायतको आतिथ्य रहेको थियो ।