हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा राजश्वको दर वृद्धि गरेको भन्दै व्यवसायीले सुरु गरेको आन्दोलनमा २० वटा संस्थाले समर्थन जनाएको छ । मंगलबार र बुधबार विज्ञप्ति जारी गर्दै वस्तुगत संघहरुले व्यवसायीको आन्दोलनलाई समर्थन गरेको हो ।

व्यवसायीको आन्दोलनमा मोवाइल एसोसिएसन अफ नेपाल मकवानपुर, कम्प्युटर एसोसिएसन अफ नेपाल मकवानपुर, जुत्ता चप्पल व्यवसायी संघ मकवानपुर, नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुर, निर्माण व्यवसायी संघ मकवानपुर, हेटौँडा अटोमोवाइल्स एसोसिएसन मकवानपुर, मकवानपुर हस्तकला संघ, मकवानपुर घरजग्गा व्यवसायी संघ, मकवानपुर भाँडा व्यवसायी संघ, मकवानपुर ग्रील तथा स्टील व्यवसायी संघले समर्थन जनाएको छ ।

यस्तै मकवानपुर सुनचाँदी व्यवसायी संघ, मदिरा व्यवसायी संघ मकवानपुर, मकवानपुर अटो मेकानिक एण्ड इन्जिनियरिङ एसोसिएसन, मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघ, माछामासु व्यवसायी संघ मकवानपुर, मकवानपुर कस्मेटिक व्यवसायी संघ, मकवानपुर फर्निचर व्यवसायी संघ, कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुर, मकवानपुर क्रसर व्यवसायी संघ, मकवानपुर खाद्यान्न व्यवसायी संघले व्यवसायीको आन्दोलनलाई समर्थन गरेको छ । व्यवसायीको आन्दोलनलाई समर्थन जनाउँदै हेटौँडा उपमहानगरपालिकाले बढाएको राजश्वको दर साविककै कायम राख्न माग गरिएको छ ।