सांकेतिक तस्वीर ।

हेटौँडाः सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ धुरा बजारमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय लक्षु देवकोटा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा देवकोटाले आफ्नै घरमा विषादी सेवन गरी बिरामी भएका थिए । बिरामी देवकोटालाई उपचारका लागि सिन्धुली अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।