सांकेतिक तस्वीर ।

हेटौँडाः चितवन जिल्लाको खैरहनी नगरपालिका–८, मगनीचोकमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–३, गोठश्वर बस्ने ३१ वर्षीया रविना राई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मंगलबार बिहान १० बजेको समयमा राई मगनीचोकस्थित एक प्रतिक्षालयमा अचेत अवस्थामा फेला परेकी थिईन् । अचेत अवस्थामा फेला परेकी राईलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ११ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा राईले अत्याधिक मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।