हेटौँडाः हेटौँडा उपमहानगरपालिका–११ स्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् । आइतबार विहान थानाभर्याङ्गस्थित केन्द्रको कार्यालयमै भएको कार्यक्रममा ७ जना महिला र ४० जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौँडाले जनाएको छ ।
हेटौँडा–११ स्थित नेपाल इकरात इन्जिनियरिङ्गको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपसभापति खेमराज सापकोटा र उपमन्त्री शिवहरि दाहालको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । यस्तै, शुक्रबार हेटौँडा–१० स्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रमा पनि रक्तदान कार्यक्रम हुने भएको छ ।