हेटौंडाः हेटौंडा अस्पतालले एक सय ४३ जना कर्मचारी भर्नाका लागि खुला गरेको विज्ञापनमा ७ सय ५० जनाले फारम भरेका छन् । अस्पतालले साउन १ गतेदेखि १५ गतेसम्म १ सय ४३ जना करार कर्मचारी नियुक्तिका लागि खुला गरेको विज्ञापनमा ८ सय ५० जनाले आवेदन दिएको हेटौंडा अस्पतालले जनाएको छ ।

साउन २२ गतेदेखि २५ गतेसम्म हुने अन्तरवार्तामार्पmत् अस्पतालले एकसय ४३ जना कर्मचारीको छनोट गर्ने भएको छ । अस्पतालमा सामान्य चिकित्सक परामर्शदाताका लागि माग गरेअनुसार एकजनाले मात्र आवेदन भरेका छन् । आवेदन भर्नेमा रौतहटका डा. विधासागर प्रसाद रहेका छन् । यस्तै, अस्पतालले माग गरेको एक जना नाक कान घाँटी परामर्शदातामा डा. इन्कलाव ढुङ्गानाले मात्र आवेदन भर्नुभएको छ ।

होमियोप्याथिक चिकित्सकमा एक जना माग गर्दा डा.अमित सहनीले मात्र आवेदन भर्नुभएको छ । साथै, चिकित्सा अधिकारी (मेडिकल अफिसर) पदका लागि २३ जना माग गरिएकोमा एक सय ६ जनाले आवेदन भरेका छन् । एक जना नर्सिङ अधिकृतको माग गर्दा १० जना, एक जना फिजियोथेरापिष्ट माग गर्दा ५ जना र ५ जना रेडियोग्राफी टेक्नोलोजिष्ट माग गर्दा १२ जनाले आवेदन दिएका छन् ।

यस्तै, ५ जना माइक्रोबायोलोजिष्ट माग गर्दा ६ जना र ८ जना फार्मेसी सहायक माग गर्दा ३२ जनाले आवेदन दिएका छन् । ९ प्रयोगशाला प्राविधिकको माग गर्दा ९६ जना, २ जना मेडिकल रेकर्डर सुपरभाइजरको माग गर्दा ६ जना, ६ जना रेडियोग्राफर माग गर्दा २३ जना र ६० जना स्टार्पm नर्स माग गर्दा २ सय २१ जनाले फारम भरेका छन् ।

अस्पतालमा ११ जना स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) माग गर्दा २ सय ८ जना, ३ जना एनेस्थेटिक सहायक माग गर्दा ८ जना, एक जना डेन्टल हाइजिनिष्ट माग गर्दा ७ जना र एकजना डार्करुम सहायक (रेडियोग्राफर) को माग गर्दा ३ जनाले आवेदन दिएका छन् ।

हेटौंडा अस्पतालले ९ औं तहका एक जना सामान्य चिकित्सक परामर्शदाता (कन्सल्टेण्ट जनरल फिजिसिएन) र नाक कान घाँटीका परामर्शदाता, ८ औं तहका होमियोप्याथिक चिकित्सक र चिकित्सा अधिकारी (मेडिकल अफिसर), ७ औं तहका नर्सिङ अधिकृत, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट र माइक्रोबायोलोजिष्ट, ५ औं तहका फार्मेसी सहायक, ल्याब टेक्निसियन, मेडिकल रेकर्डर सुपरभाइजर, रेडियोग्राफर, स्टार्पm नर्स, हेल्थ असिस्टेन्ट, एनेस्थेटिक सहायक, डेन्टल हाएजिनिष्ट र डार्करुम सहायक (रेडियोग्राफर) को माग गरेको हो ।

२०८० सालको भदौ महिनामा बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको एक सय ३० जनाको अस्थायी दरबन्दीमा पदपूर्तिका लागि विज्ञापन गरिएको थियो । एकसय ३० जना कर्मचारीको मागगर्दा २ हजार २ सय ५९ जनाले आवेदन दिएका थिए ।