सहयोग रकमको चेक हस्तान्तरण गरिँदै ।

हेटौँडाः नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मकवानपुरले पेशागत आन्दोलनको क्रममा मृत्यु भएका मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस २०८१ को सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुधबार हेटौँडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलमा आश्रितका लागि एक दिनको खानाको व्यवस्था गरेको छ । एकदिनको खानाका लागि संगठनले १० हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन वागमती प्रदेश कमिटीका पदाधिकारीको उपस्थिति रहेको थियो । नेपाल निजामती कर्मचारी संगठन मकवानपुरका अध्यक्ष यादविन्द्र पौडेलको सभाध्यक्षता एवम् आश्रमका केन्द्रीय सल्लाहकार अनिल सिंह कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।