सांकेतिक तस्वीर ।

हेटौँडाः चितवन जिल्लाको खैरहनी नगरपालिका–४, चैनपुरमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१२ सालघारी बस्ने ३८ वर्षीया सीता लामा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मंगलबार वेब सिजर जेनेतन कम्पनीमा प्लाष्टिक सफा गर्ने कामदार लामा एक्कासी बेहोस भएकी थिईन् । लामालाई उपचारका लागि स्थानीय बकुलहर हस्पिटल टाँडीमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–६, बिमिरेमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ६० वर्षीय राम बहादुर तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मंगलबार बेलुका ७ बजेर ५० मिनेटको समयमा तामाङ आफ्नै घरदेखि पर घम्मिङस्थित पानीको कुलोमा मृत अवस्था फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि पशुपती चौलागाईँ स्मृति अस्पताल चरिकोट दोलखा लगिएको प्रहरीले जानकारी दिएको छ ।