हेटौँडाः ५९ औं रक्तसञ्चार दिवसको अवसरमा हेटौँडामा रक्तदान कार्यक्रम भएको छ। नेपाल रेडक्रस सोसाइटी पिप्ले–पोखरा उपशाखाको आयोजनामा शनिबार बिहान रक्तदान कार्यक्रम भएको हो। कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको समेत सहकार्यमा भएको रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका अध्यक्ष लालबहादुर थापा, हेटौँडा–५ का वडाध्यक्ष सुशील घिमिरेको पनि आतिथ्य रहेको थियो ।