प्रयोगशालाको उद्घाटन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत ।

हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविमा सूचना प्रविधि प्रयोगशाला र विज्ञान प्रयोगशालाको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आज बिहान दुबै प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

प्रयोगशालाको उद्घाटन गर्नुहुँदै मेयर महतले सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो । विद्यालयको शैक्षिक पूर्वाधार विकासमा गरेकोमा विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गर्नुहुँदै मेयर महतले आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । दूरसञ्चार प्राधिकरणको सहयोगमा २५ लाखको लागतमा सूचना प्रविधि प्रयोगशाला निर्माण भएको हो भने विज्ञान प्रयोगशाला निर्माणमा प्रदेश सरकार, स्थानीय सरकार र सिटिइभिटिको सहयोग रहेको छ । सिटिइभिटिसँगको सम्बन्धनमा कक्षा ११ र १२ मा वनविज्ञान विषय अध्यापन गराउँदै आएको सिद्धार्थमा माविले नयाँ शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा विज्ञान संकाय सञ्चालन गर्ने तयारी स्वरुप विज्ञान प्रयोगशाला निर्माण गरेको विद्यालय प्राचार्य मोहनप्रसाद शर्माले जानकारी दिनुभयो ।

विज्ञान प्रयोगशाला निर्माणका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा निर्देशनालयको १० लाख, सिटिइभिटिको ५ लाख र हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को शैक्षिक प्रवद्र्धन कार्यक्रमअन्तर्गत ४ लाख गरी कुल १९ लाखमा विज्ञान प्रयोगशाला निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईले जानकारी दिनुभएको छ ।