हेटौंडाः पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसरमा मंगलबार हेटौंडाका राजावादीले र्‍याली निकालेका छन् । राजावादी युवाको एक समूहले निकालेको र्‍यालीले हेटौंडा नगर परिक्रमा गरेको थियो ।

राजावादी युवाले मुलुकको संकट समाधानमा राजाको आवश्यकता औँल्याउँदै ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए । राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएका युवाले हेटौंडा–४, हुप्रचौरस्थित पूर्वराजा विरेन्द्रको शालिकमा पुगेर माल्यार्पण समेत गरेको छ ।