हेटौंडा–४ स्थित भुटनदेवी मावि खोपकेन्द्रमा एक बालिकालाई खोप खुवाइँदै ।

हेटौंडाः देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज मंगलबार पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । दुईदिने राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत सोमबार भिटामिन ए खुवाउन सुरु गरिएको हो । सोमबार भिटामिन ए खान छुटेका बालबालिकालाई आज खुवाइने भएको छ ।

आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई आग्रह गरेको छ । हेटौंडा उपमहानगरपालिकाका १२ हजार बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधी खुवाउनुपर्ने हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाका प्रमुख रमन झाले बताउनुभएको छ ।