हेटौंडाः बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागी दलहरुलाई साउन ८ गते साँझ ५ बजेसम्मका लागि समय दिनुभएको छ । प्रदेश प्रमुखले संविधानको धार १६८ को २ बमोजिम सरकार गठनको लागि आह्वान गर्नुभएको हो ।
आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको पहल थालिएको हो । प्रदेश प्रमुखले मुख्यमन्त्री जम्कट्टेलले दिएको राजीनामा स्विकृत गर्दै अर्को सरकार गठन नहुन्जेल उहाँलाई नै काम चालउ मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।
यता नयाँ सरकार गठनका लागी कांग्रेस र एमालले दावी गर्ने तयारी गरेका छन् । कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बाहादुर सिंह लामाको नेतृत्वमा सरकार गठन गर्ने गरी उनीहरुले दावीको तयारी गरेका छन् ।