प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजिनामा बुझाउँनुहुँदै मुख्यमन्त्री शालिकराम जमकट्टेल ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजिनामा दिनुभएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा राजिनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख समक्ष त्यस लगत्तै राजिनामा बुझउनुभएको हो ।

प्रदेशसभाबाट सोझै प्रदेश प्रमुख कार्यालय पुगेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई राजिनामा बुझाउनुभएको हो ।