नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा ।

हेटौंडाः बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले सोमबार मात्र दावी पेश गर्ने भएको छ । कांग्रेसबाट संसदीय दलको नेता बहादुर सिं लामाले सोमबार सरकारमा दावी पेश गर्नुहुने भएको हो ।

नेता लामाले एमाले र कांग्रेसको समर्थनमा सरकारमा दावी पेश गर्नुहुनेछ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दावी पेश गर्न आह्वान गर्नुहुभएको छ । सोही अनुसार नेता लामाले एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी गर्ने तयारी गर्नुभएको छ ।