हेटौँडाः हेटौँडा अस्पतालमा औषधि दानपात्र राखिएको छ । अस्पतालले शुक्रबारदेखि औषधि दानपात्र राखेको हो । अस्पतालको दानपात्रमा इच्छा लागेको व्यक्तिले औषधि दान गर्न सक्ने छन् ।
आफूसँग भएको औषधि, अस्पतालबाट डिस्चार्ज हुँदा बाँकी भएको औषधि दानपात्रमा दान गर्न सकिने अस्पतालले जनाएको छ । दान गरिएको सम्पूर्ण औषधिहरू आर्थिक स्थिति कमजोर भएका बिरामीका लागि सहयोग हुने बताइएको छ । अस्पतालले बीमा भएका बिरामीलाई बचेको औषधि दान गर्दा औषधी पाउने व्यक्तिलाई फाइदा हुने अस्पताल प्रशासनको भनाइ छ ।