हेटौंडाः करेन्ट लागेर मकवानपुरको बागमती गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती–९ स्थित बेतिनीका २० वर्षीय रामराज बम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो ४ बजेको समयमा बकैया गाउँपालिका–४, माझीखोला स्थित नेपाल प्रेम चर्चको भवनमा वाइरिङ गर्ने क्रममा बम्जनलाई करेन्ट लागेका थिए । करेन्ट लागेर अचेत अवस्थामा रहेको बम्जनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा ५ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो ।