हेटौंडाः नेपाली काङ्ग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत नदिने भएको छ । शुक्रबार पार्टी बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
पार्टी बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामासहितको उपस्थितिमा बसेको बैठकले साउन ६ गते बस्ने प्रदेश सभामा मुख्यमन्त्री जमकट्टेलको विपक्षीमा मतदान गर्ने निर्णय गरेको छ । बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ । यसअघि बिहिबार राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।