सांकेतिक तस्वीर ।

हेटौंडाः खेतको आलीबाट लडेर हेटौंडामा एक वृद्धकोे मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१८ स्थित हर्नाफाटका ७१ वर्षीय प्रेम बहादुर तुम्सिङको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

तुम्सिङ शुक्रबार बिहान ११ बजेको समयमा आफ्नो घरदेखि ५ सय मिटर पुर्वतर्फ छिमेकीको खेतको आलीबाट लडेर मृत्यु भएको अवस्थामा भेटिएको हो । तृम्सिङ मृत अवस्था छ भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपति नगरबाट प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरको कमाण्डमा प्रहरी टोली खटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।