हेटौंडाः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । शुक्रबार क्याम्पस परिसरमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
क्याम्पसका स्ववियु सभापति अभि मैनालीका अनुसार क्याम्पसको सहयोगमा भएको रक्तदान कार्यक्रममा शिक्षक, विद्यार्थी र केही अभिभावकहरुले रक्तदान गरेका थिए । प्राविधि सापकोटाका अनुसार मकवानपुरमा शनिबार र आइतबार पनि रक्तदान कार्यक्रम आयोजना हुँदैछ । शनिबार भीमफेदी गाउँपालिकामा र आइतबार नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम हुने उहाँले बताउनुभयो ।