हेटौँडाः नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य लक्ष्मण उप्रेतीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
उप्रेतीले सोमबार मनहरी गाउँपालिका–९, खरङ्गामा रहेको शहिद स्मृति बाल कल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुुभएको हो ।
३ कक्षासम्म पठनपाठन हुने विद्यालयका ६० जना विद्यार्थीलाई कापी, कलम, इरेजरसँगै खेलकुदका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ ।