हेटौँडाः महालक्ष्मी विकास बैंक लिमिटेडले हेटौँडा–१, चाइनाक्वाटरस्थित अमर माविकी छात्रा सुमिना भोम्जनलाई नगद छात्रवृत्ति प्रदान गरेको छ । सोमबार बैंकले विद्यालयमै पुगेर भोम्जनलाई छात्रवृत्तिस्वरुप ५० हजार रुपैयाँको चेक हस्तारन्तरण गरेको हो । बैंकका संस्थापक अशोक श्रेष्ठको स्मृतिमा छात्रवृत्ति वितरण गरिएको हो ।
संस्थापकको सम्मान तथा बंैकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब तथा जेहेन्दार छात्रा भोम्जनलाई छात्रवृत्ति प्रदान गरेको विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिनुभयो । बैंकले ३ बर्षदेखि भोम्जनलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । हेटौंडा–१ निवासी भोम्जन अहिले एसईई दिएर बसिरहनुभएको छ ।
छात्रवृत्ति वितरण कार्यक्रममा भोम्जनकी आमा सन्जु तामाङ, हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतम, महालक्ष्मी विकास बैंकको बागमती प्रदेश (ख) का प्रमुख शम्भु प्रसाद पराजुली, हेटौँडास्थित शाखाका प्रबन्धक अनन्तराज धिताल र स्वर्गीय अशोक श्रेष्ठकी श्रीमती निर्मला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।