फाइल तस्वीर ।

हेटौँडाः मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरुमा सोमबारदेखि पहिलो त्रैमासिक परीक्षा हुने भएको छ । परीक्षा सोमबारबाट सुरु भई असार ३१ गतेसम्म हुने गाउँपालिकाका स्रोत शिक्षक दाशरथी उपाध्याय भण्डारीले जानकारी दिनुभएको छ । परीक्षा बिहान र दिउँसो गरी दुई सिफ्टमा हुनेछ ।

मकवानपुरगढीमा आधारभूत विद्यालय २० वटा, निमावि ७ वटा र मावि १० वटा रहेको उहाँले जानकारी दिनुभयो । गढीमा यसवर्ष बालविकास कक्षामा ७ सय ७६, प्राविमा दुई हजार ५ सय ३१ जना, निमाविमा एक हजार २ सय ८१ जना, माविमा ५ सय ९२ जना र ११–१२ मा २ सय ४६ जना गरी ५ हजार ४ सय २६ जना विद्यार्थी अध्ययनरत रहेका छन् । निरीक्षक भण्डारीका अनुसार गत वर्षको तुलनामा यसवर्ष मकवानपुरगढी गाउँपालिकामा एक हजार ५४ जना विद्यार्थी कम रहेका छन् ।