साधारणसभाका अध्यक्ष तथा अतिथिहरु ।

हेटौँडाः एम्नेष्टी इन्टरनेशनल, समुह–६७ हेटौँडाको २५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समुह हेटौँडाका संयोजक प्रकाश ढकालको सभाध्यक्ष तथा समुहका केन्द्रीय अध्यक्ष विपिन बुढाथोकीको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

साधारणसभामा कार्यसमितिको तर्फबाट संयोजक ढकालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । यस्तै आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष पूर्णप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको छ । साधारणसभाले संयोजक र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । यस्तै एम्नेष्टी इन्टरनेशनल, नेपाल बागमती प्रादेशिक भेलामा समुहको तर्फबाट प्रतिनिधि र पर्यवेक्षक पठाउने निर्णय गरेको छ ।

प्रतिनिधिमा हेमन्त ढुङ्गेल र अजिता पौडेल रहनुभएको छ भने पर्यवेक्षकमा अध्यक्ष ढकाललाई पठाउने निर्णय गरेको हो । संस्थाले एम्नेष्टीका सदस्यसमेत रहनुभएका मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यम बहादुर सिलवाल र जिल्ला बार एसोशिएसन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतलाई सम्मान गरेको छ । संस्थाले मानव अधिकारको क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।