खै आशै के गर्नु उनी कहाँ, म कहाँ
उनी गुलाबको फूल जस्ती राम्री
म वरिपरि भन्किने भमरा जस्तो
उनको आँखा गगनमा चम्किलो बिजुली जस्तो
म खम्बामा अल्झिएको तार जस्तो
उनी सिपियाहरूमा मोती समान
म समुद्रको खरो पानी जस्तो
उनी नयाँ किताबको खुश्बु जस्ती
म जलेको कागजको खरानी जस्तो
उनी बाटो देखाउने उज्यालोको स्रोत
म अन्धकारमा भड्किएको छायाँ जस्तो
उनी किसानहरूलाई आउने झरीको खबर
म उनको मृत्यु बताउने अखबार जस्तो
उनी गर्मीमा चिसो सर्वत जस्ती
म कुनै टुटेको गिलास जस्तो
उनी कुनै पूरा हुने प्रेमको कहानी
म पर्खाइमा बर्बाद हुने देवदास जस्तो
उनी दुर्लभ मयुरको प्वाख जस्ती
म खिया लागेर टुटेको फलाम जस्तो
उनी प्रफुल्लताको चलिरहेको प्रतिमा
म तन्हाईमा आफैंलाई सम्हालिरहेको
उनि दिलकसी त्यो प्रेम अधिकतम, इबादत, लगन
म सातौं मञ्जिलको प्रेम
मृत्यु को हुँ म मनसुबा
खै आशै के गर्नु उनी कहाँ, म कहाँ
कक्षा–९, बालज्योति मावि, हेटौँडा–५