नयाँ कार्य समिती चयन पश्चात सामुहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मकवानपुरको अध्यक्षमा बुद्धराज अर्याल चयन हुनुभएको छ । संगठनको शुक्रबार सम्पन्न २३ औं जिल्ला सम्मेलनबाट अर्याल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।

अर्यालको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । कमिटीको वरिष्ठ उपाध्यक्षमा दीपक वाईबा, उपाध्यक्षमा निरुता पाख्रिन, सचिवमा छ्योइसाङ लामा, सहसचिवमा क्रमशः सुजन सिलवाल, सुवास थोकर, अभ्युदय खनाल, विजन लटौला र कोषाध्यक्षमा अनिल बस्याल चयन हुनुभएको छ । निर्वाचित कमटीका पदाधिकारी तथा सदस्यलाई शनिबार बिहान नेकपा माओवादी केन्द्र मकवानपुरको पार्टी कार्यालयमा सपथ ग्रहण कार्यक्रम भएको छ । नयाँ निर्वाचित समितिको कार्यकाल १ बर्षको रहने छ ।