Home मुख्य समाचार सिआन पुनस्र्थापना केन्द्रलाई एक लाख रुपैयाँ पुरस्कार

सिआन पुनस्र्थापना केन्द्रलाई एक लाख रुपैयाँ पुरस्कार

हेटौंडाको सिआन पूर्नस्थापना केन्द्रलाई केन्द्रका निर्देशक सौजन डिसी मार्फत काठमाडौंमा गृहमन्त्री रवी लामिछानेले सम्मान गर्नुहुँदै ।

हेटौंडाः हेटौंडा–९, लामसुरेस्थित सिआन पुनस्र्थापना केन्द्रलाई एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ । लागूपदार्थ दुव्र्यसनविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा केन्द्रलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

बुधबार काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले केन्द्रका निर्देशक सौजन डीसीलाई एक लाख रुपैयाँ नगद राशि र सम्मानपत्र प्रदान गर्नुभएको छ । लागूऔषध प्रयोगकर्ताहरुको उपचार तथा पुनस्र्थापनाका लागि आर्थिक वर्ष २०८०÷०८१ मा उत्कृष्ट संस्था बन्न सफल भएकाले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको केन्द्रका निर्देशक डीसीले बताउनुभयो ।

गृह मन्त्रालयले नेपालभरका पुनस्र्थापना केन्द्रहरुको अनुगमन गरेर लागूऔषध दुव्यर्सनी सचेतना, परामर्श, सरसफाई र स्वास्थ्यलाई मूल्यांकन गरेर हरेक वर्ष अन्तर्राष्ट्रिय लागूऔषध विरुद्धको दिवसको अवसरमा दुईवटा पुनस्र्थापना केन्द्रलाई सम्मान गर्ने गरेको निर्देशक डीसीले बताउनुभयो । लागूपदार्थ तथा मादकपदार्थमा फसेका व्यक्तिहरुलाई आवासीयरुपमा राखेर परामर्श र समाजमा पुनस्र्थापना सँगसँगै तरकारी बाली, गाईपालन, इलेक्ट्रिक, प्लम्बिङ र हस्तकलासम्बन्धी तालिम दिने गरेको उहाँले बताउनुभयो ।

गृहमन्त्री लामिछानेको प्रमुख आतिथ्य तथा गृहसचिव एकनारायण अर्यालको सभाध्यक्षतामा सम्मान समारोह भएको हो । सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लामिछानेले लागूऔषध दुव्र्यसन, सेवन र ओसारपसारलाई नियन्त्रण गर्न मन्त्रालयले आवश्यक कानुन बनाउने र ठोस कदम चाल्ने बताउनुभयो । कार्यक्रममा शिक्षामन्त्री सुमना श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायतको विशिष्ट आतिथ्य रहेको थियो ।

Exit mobile version