हेटौंडाः मकवानपुर प्रहरीले बिहिबार पाँचजना जुवाडेलाई जुवा खालबाट पक्राउ गरेको छ । बिहिबार दिउँसो ३ बजेको समयमा हेटौंडा–७, नागस्वतीचोकस्थित राजिव क्षेत्रीको घरमा पैसाको हारजित हुनेगरी तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
तास खेलिरहेको भन्ने सुचना प्राप्त भएअनुसार ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्ड खटिएको प्रहरी टोलीले ७४ हजार ६ सय ८५ रुपैयाँसहित दुईबुक तास बरामद गरेको जनाएको छ । तासको खालबाट प्रहरीले हेटौंडा–७, नागस्वतीका ५७ वर्षीय सुदर्शन फुँयाल, ३७ वर्षीय उद्धब खुलाल, ४१ वर्षीय दिनेश गौतम, ३५ वर्षीय विकास गौतम र २८ वर्षीय पूर्णराज थिङलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।