रक्तदान गर्दै रक्तदाता । फाइल तस्वीर ।

हेटौँडाः विश्व योग दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम भएको छ । शुक्रबार बिहान हेटौँडाको हुप्रचौरमा भएको कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।

पतञ्जली योग समिति मकवानपुरको आयोजनामा भएको कार्यक्रममा ४ जना महिला र १४ जना पुरुषले रक्तदान गरेका रक्तसंचार केन्द्र हेटौँडाका प्रमुख टंक प्रसाद दाहालले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । यस्तै शनिबार हेटौँडा–८ कमानेमा अस्तित्व ब्यान्डको आयोजनामा रक्तदान कार्यक्रम हुने दाहालले बताउनुभयो ।