सांकेतिक तस्वीर ।

हेटौँडाः सिन्धुली जिल्लाको दुधौली नगरपालिका–६, हर्षाहिमा भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय पृथ्वी कुमार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

कुमार बुधबार राती १० बजेको समयमा आफ्नै दुईतले घरको माथिल्लो तल्लाबाट तल भर्याङबाट झर्ने क्रममा अचानक लडेर घाइते भएका थिए । घाइते कुमारलाई उपचारका लागि बिहिबार बिहान ६ बजेको समयमा नगर अस्पताल सिर्थौली लगिएकोमा उपचारका क्रममा बिहान ६ बजेर २० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।