हेटौँडाः मकवानपुर प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका–१ स्थित नयाँगाउँका ६१ वर्षीय सन्त बहादुर वाईबा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
फरार प्रतिवादी वाईबालाई कर्तब्य ज्यान मुद्दामा सर्बोच्च अदालत काठमाडौंले २०७० सालमा तोकिएको १६ वर्ष कैद सजाय र ३ लाख रुपैयाँ जरिवाना तोकिएको थियो । त्यस पश्चात वाईबा फरार भएका थिए । फरार वाइबा आफ्नै घरमा लुकिछिपि बसेको भन्ने विशेष सुचनाको आधारमा आइतबार दिउँसो १ बजेको समयमा प्रहरी टोलिले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो । वाईबालाई थप अनुसन्धान प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको जनाएको छ ।