सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–२, थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार बिहान साढे ४ बजे घरमै सुतिरहेका ४५ बर्षीय बीर बहादुर प्रजालाई चट्याङले हानेको थियो ।

चट्याङ लागेर घाइते भएका प्रजालाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । बिहान करिब ८ बजे अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।